देश, स्वास्थ्य

नेपालमा ६५७० कोरोना मुक्त, ५१५३ कोरोना संक्रमित थप

नवलपुर टुडे
२०७८ जेष्ठ २५ | मध्यान्ह ०५:०२ बजे

काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा ६५७० जनामा कोरोना मुक्तभएका छन । यो सँगै ५ लाख ४ हजार ५३० जना संक्रमण मुक्त भइसकेका छन्।मन्त्रालयका अनुसार हाल ९० हजार ८ सय ३४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १७६७६ परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका छ । १२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३८७० र ५६११ एन्टिजेन परीक्षणबाट १२८३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अधवधिमा मुलुकभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका १०८ जना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ। हालसम्म मुलुकभरमा ८०९८ जनाको मृत्यु भइसकेको छ ।

कमेन्टहरु