गण्डकी प्रदेश, स्वास्थ्य

औषधिसहितको फर्स्ट एड बक्स मुस्ताङ प्रहरीलाई वितरण

नवलपुर टुडे
२०८० माघ १७ | मध्यान्ह ०२:१० बजे

बुटवल, माघ १७ । सामाजिक उत्तरदायित्व अन्तरगत ब्लु क्रश अस्पताल त्रिपुरेश्वर काठमाडौले जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई औषधिसहितको ४ थान  फर्स्ट एड बक्स हस्तान्तरण गरेको छ ।

हिमाली जिल्ला मुस्ताङमा चिसो मौसमको वृद्धिसँगै प्रहरी कर्मचारीहरु सामान्य प्रकारका रुघाखोकी लगायतका रोगबाट ग्रसित हुन सक्ने र मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकहरुमा टाउको दुख्ने र लेक लाग्ने लगायतका समस्याहरु हुन सक्ने हुँदा त्यसको लागि सामान्य प्रकृतिका १६ प्रकारका औषधिसहितको फर्स्ट एड बक्स जिप्रका मुस्ताङलाई हस्तान्तरण गरिएको हो ।

त्यसरी प्राप्त भएका औषधिसहितको बक्सहरुलाई अत्यधिक चिसो हुने स्थान एवं पर्यटकहरुको बढी आवागमन हुने स्थानहरुमा रहेका प्रहरी इकाईहरु प्रहरी चौकी घासा, कोबाङ र कागबेनी तथा इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई आजै वितरण गरिएको जिप्रका मुस्ताङका प्रमुख भोजराज पाण्डेयले जानकारी दिए ।

कमेन्टहरु