रुपन्देहीमा खोलानाला दोहनमा संलग्न दुई वटा एक्साभेटरसहित टिपर र ट्याक्टर नियन्त्रणमा


बुटवल । प्रहरीले रुपन्देहीका खोलानाला दोहनमा संलग्न दुई वटा एक्साभेटरसहित टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवल, रन्यौरा र धकधईबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न खोलानालाबाट एक्साभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका एक्साभेटरमा बा २ क ७४५५ र लु १ क ४०९१ छन् । यस्तै, लु २ ख ५३०८ र लु २ ख ५३०९ नम्बरको टिपर ना ४ त ६३३३, लु ४ त ६९९०, लु ४ त ५७४३, लु ३ त ६२०९, लु ३ त ८६९७ र अर्को एउटा नम्बर नखुलेको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए ।
नियन्त्रणमा लिइएका एक्साभेटर, टिपर र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएको छ । रुपन्देही प्रहरीले पछिल्लो समय गैरकानुनी रुपमा खोलानालाबाट प्राकृतिक स्रोतसाधन दोहनमा संलग्न साधनहरूलाई नियन्त्रणमा लिने अभियानै चलाएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।























