समाचार

रौतहटको कटहरिया नगरपालिकामा ७१ औं विश्व कुष्ठरोग दिवस मनाइयो

अशोक यादव
२०८० माघ १४ | मध्यान्ह ०६:१० बजे

रौतहट, माघ १४ । रौतहटको कटहरिया नगरपालिकामा ७१ औं विश्व कुष्ठरोग दिवस मनाईएकाे छ । नगरपालिकाको स्वास्थ्य शाखा मार्फत एक कार्यक्रम गरी विश्व कुष्ठराेग दिवस मनाईएकाे हो ।

साे अवसरमा कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उपमेयर रिता देवी यादवले संयुक्त रूपमा कटहरिया नगरपालिका वडा नं.- ६ फत्तेपुर निवासी सियाराम महरालाई ह्वील साइकल वितरण गर्नु भएकाे छ ।

photo 2024 01 28 18 21 02

साे कार्यक्रममा कटहरिया नगरपालिकाकाे कार्यपालिका सदस्य मनोज जयसवाल, दिलिप जयसवाल, वडा अध्यक्ष रुपेश यादव, अपाङ्ग शाखा प्रमुख कौशल चौधरी, जिन्सी प्रमुख हरेन्द्र प्रसाद यादव, स्वास्थ्य प्रमुख शंकर यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु