कपिलवस्तु नगरपालिकामा ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाउँदै

जगत ठाडा मगर
२०७८ जेष्ठ २५ | मध्यान्ह ०३:०२ बजे

मोहम्मद इरफान, मन्सुरी
कपिलवस्तु । विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस बिरुद्ध कपिलवस्तु नगरपालिकामा आज २५ गते र भोली २६ गते ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाइने भएको छ ।
नगरपालिका भित्रका २ खोप केन्द्रबाट ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाउन लगाउने ब्यवस्था मिलाइएको हो । नगरपालिका भित्र मातृशिशु स्वास्थ्य किल्निक तौलिहवा तथा तिलोराकोट स्वास्थ्य केन्द्रबाट कोरोना बिरुद्धको भेरासेल खोप लगाउने गरिइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।
जेष्ठ नागरिकहरुलाई पाएक पर्ने र सहज हुनको लागि दुई खोप केन्द्र स्थापना गरिएको वहाँले बताउनु भएको छ । साथै कपिलवस्तु जिल्लाको १० वाटै स्थानीय तहहरूमा आज र भोली भेरासेल खोप संचालन हुने पाण्डेले बताउनु भयो ।























