सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो

नवलपुर टुडे
२०७८ जेष्ठ २५ | मध्यान्ह ०२:०२ बजे

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । यो सँगै उनको पद जोगिएको छ । मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन् ।
उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् उनको विपक्षमा ९ मत खसेका थिए । कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेका थियो ।
यस्तै जनता समाजवादी पार्टी(जसपा)ले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नलिने निर्णय गरेको थियो ।























