समाचार

रौतहटमा नेकपा एमाले प्रदेश ईन्चार्ज योगेश भट्टराईलाई भब्य स्वागत

अशोक यादव
२०८० माघ १२ | मध्यान्ह ०७:१० बजे

रौतहट, माघ १२ । गरूडा नगरपालिकाकाे नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले शुक्रबारका दिन एक कार्यक्रमका बिच नेकपा एमाले प्रदेश ईन्चार्ज योगेश भट्टराई, पुर्व मन्त्री रौतहट जिल्ला ईन्चार्ज पुरुषोत्तम पौडेल, नेकपा एमाले केन्द्रीय सदस्य उद्धव रेग्मी, लगायतका नेतालाई फुल माला र खादा लगाएर स्वागत गरेका छन ।

नेकपा एमालेको रौतहटको संयन्त्र र जिल्ला कमिटीको  दशौ अधिवेशन तयारीको लागी राष्ट्रिय यूवा संघ  नेपालको गाैरस्थित पार्टी कार्यालयकाे प्राङ्गणमा संवोधन गर्दै भट्टराईले अगामी २५/२६ गते हुन लागेकाे जिल्ला अधिबेशनमा जिल्लाका प्रत्येक पालिकाबाट हजारौं हजार युवाहरूलाई सहभागी गराउने पार्टीका सबै स्थानमा अब युवाहरूलाई जिम्मेवारी दिने र आउदाे निर्वाचनमा पार्टीका सक्रिय युवालाई मध्यक्षता गर्न र गराउन जिम्मेवारी दिने समेत बताए ।

युवाशक्ति बिना देश अब कुखुलाे बन्दै गईरहेका छन । राैतहटमा नेकपा एमाले पार्टीलाई युवा मुखि पार्टीको रूपमा बेग्लै पहिचान गराउन शक्ति तयार गराउने समेतका जिकिर गरेका छन । साे कार्यक्रममा पार्टीका सयौ जना युवाकाे उपस्थित रहेका थिए ।

कमेन्टहरु