समाचार

गाैरमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न

अशोक यादव
२०८० माघ १२ | मध्यान्ह ०५:१० बजे

गौंर । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रको सम्बन्धमा शुक्रबारका दिन एक कार्यक्रम बिच जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, स्थानीय तहको प्रतिनिधि र सामी कार्यक्रम कर्मचारी समन्वय गौर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

साे कार्यक्रममा सामीका कार्यक्रम संयोजक बिनय साहले सुरक्षित आप्रवासी कार्यक्रमबारे विवरण प्रस्तुत गरेका छन । गरिब जनतालाई बस्नकाे लागि नेपाल सरकारले प्रत्येक जिल्लामा के कति आप्रवासीहरू रहेका छन भने बिभिन्न माध्यमबाट सकंलन गरिरहेका छन । बिगतका दिनमा अप्रवासीकाे नामबाट आएका सुबिधाहरू बिभिन्न दलका नेताकाे सिफारिसमा आफ्नो पार्टीको कार्यकर्तालाई दिन लगाएकाे थियो । त्यसको कार्यमा सबै तर्फबाट ध्यान दिनु पर्छ काेहि अप्रवासी बिभिन्न सुबिधा बन्चित हुनु परेन प्रतिकृया दिएका छन ।

साे कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार श्रेष्ठ, अनुसन्धानका प्रमुख (एसपी.) चन्दन झा, गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह, सामीका कर्मचारी लगायतका २० जनाकाे उपस्तिथि रहेको थियो ।

कमेन्टहरु