देश, स्वास्थ्य

कोरोना कहरमा पनि रोजगारीका लागि भारत जाने क्रम रोकिएन

जगत ठाडा मगर
२०७८ जेष्ठ २५ | मध्यान्ह ०२:०२ बजे

प्रिन्स मिश्रा

कृष्णनगर । भरतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुन: भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि राज्यले जिवीकोपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले कोरोनाको त्रासलाई दबाएर १ महिना भित्र २ हजार बढि नेपाली नागरीक कृष्णनगर नाका हुँदै कामका
लागि छिमेकी राष्ट्र भारत गएका छन् ।

IMG 20210608 141413 730

लकडाउन र कोरोना कहरले गर्दा खान–लगाउन समस्य भएकोले काम खोज्दै नेपालीहरू भारततिर गएका हुन् । लकडाउन सुरु भएपछि नेपाल फर्किएका नेपालीहरू पनि कोरोना कहरको बीचमै पुनः भारतमा रोजगारीका लागि भारत गएका हुन र नेपालमा फसेका केही भारतीय समेत आफ्नो देश फर्केका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए ।

IMG 20210608 141408 876

बिरामी, औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, शादी विवाहमा १५ जनालाई आवत जावत गर्न दिएको बताउँदै उनले भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको पौडेलले बताएका छन ।

IMG 20210608 141410 497

कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगर (लिंक गेट) का नायव निरीक्षक ताराा खनालले जानकारी दिएका छन ।

IMG 20210608 141412 318

कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाइ छ । सम्बन्धित कम्पनी, कल कारखाना , आदिको परिचय पत्र, बिरामी, औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउनेलाई शोधपुछ गरेर मात्र भारत जान दिएको जानकारी पनि दिए ।

IMG 20210608 141414 548

दैनिक सय जनाकाे हाराहारीमा कामका लागि भारत जाने
गरेको खनाल भनाइ छ । लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आ-आफ्नो घर फर्केका थिए, खाना लगाउन नपुगेपछि पुन: काम गर्न भारत जान
थालेको र कोरोनाको संक्रमण बढे पछि मरे पनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि त्यतै जान थालेको र नेपालमा काम नपाएर खान–लाउन नै समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान लागेकाे एक नागरीक भनाई छ ।

त्यतै कोरोना महामारीलाई मध्य नजर गर्दै शसस्त्र प्रहरी र रेडक्रस सोसाइटीको पहलमा र युनिसेफको सहयाेगमा इलेक्ट्रोनिक एकुवा सेन्सर प्रविधिको सेनीटाइजर मेसिन कृष्णनगर लिंक गेटमा जडान गरिएको र सुत्केरी ,अपाङ्ग, महिला, सशत बिरामीहरू को लागी कपिलवस्तु जिल्ला भरिकाे बिरामीहरूकाे लागी निशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको बोर्डर आउट पोष्ट कृष्णनगरका निरिक्षक प्रकाश आचार्यले बताएका छन

फोटो फिचर – इलेक्ट्रोनिक एकुवा सेन्सर प्रविधिको सेनीटाइजर मेसिन कृष्णनगर लिंक गेटमा जडान गरिएको छ ।

कमेन्टहरु