मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बडिमालिकामा प्रमुख विहिन, शिक्षक-वृद्धवृद्धाको तलबभत्ता थन्कियो पालिकामा

उमेश रोकाया
२०८० माघ ११ | मध्यान्ह ०३:१० बजे

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा पढाइरहेका शिक्षकहरुले तलवसुविधा नपाएको गुनासो गरेका छन् ।

करिब चार महिना वितिसक्दा पनी बडिमालिका नगरपालिकाका नगर स्वयमसेवक शिक्षक र स्थायी,राहत दरबन्दी भएका शिक्षकहरुले तलव सुुविधा नपाएको गुनासो गरेका हुन । शिक्षकको तलव नआउदा यस वर्षको चाड भुवापर्व,माघीपर्व खल्लो भएको बालमन्दिर आधारभुत विद्यालयका शिक्षक बलवान अऐडीले बताउनु भयो ।

शिक्षक अऐडीका अनुशार चार महिना वितीसक्दा पनी तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताएका छन् । प्रत्येक तिन महिनाको अवधीमा शिक्षकहरुको तलबसुविधा दिनुपर्ने व्यवस्था भएता पनी बडिमालिका नगरपालिकाकाले भने शिक्षकहरुको तलब नहालेको पाईएको छ । बडिमालिका नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुले तलब नपाएको चार महिना वित्दा पनी तलब पाएका छैन् ।

विगतका बर्षमा नियमित पाउँदै आएको तलबभत्ता यस बर्ष भने रोकिएको कालिका आधारभूत विद्यालयका शिक्षक शुरेन्द्र खत्रीले बताउनु भयो । चार महिना वितिसक्दा पनी तलव नपाएपछि धेरै शिक्षकहरुको घर खर्च चलाउन समस्या भएको उहाँले बताएका छन् । बडिमालिका नगरपालिको लापर्भाहीका कारण नगरपालिकाबाट पाउने सेवासुविधाहरु ठिक समयमा नपाईने गरेको एक शिक्षकले बताएका छन् ।

स्रोतका अनुशार,हामी शिक्षकहरुको तलब मात्र कहाँ रोकिएको हो, नगरपालिकाबाट प्रदान गरिने बालभत्ता,बृद्धभत्ता,पोषणभत्ता,सुत्केरीभत्ता लगायतको तलबसुविधा दिएको छैन् । यता बडिमालिका नगरपालिका वडा नम्मर १ पाटाका विरमले लोहार वृद्धभत्ता लिनकै लागी राष्ट्रिय बाणिज्य बंैक बाजुरा पुगेर खाता चेक समेत गरे ।

तर नगरपालिकाले पैशा खातामा नहालेको बताए । उहाँका अनुशार बृद्धभत्ता प्रत्येक तिन महिनाको अवधीमा पाउथाँै। तर यसपाली भने चार महिना पुग्दा समेत वृद्धभत्ता नपाएको लोहारले दुखेसो गर्नुभयो । थोरै भएपनी वृद्धभत्ताबाट घरखर्चको गुजार चल्थो । चार महिना सम्म पनी वृद्धभत्ता नआएपछी समस्या हुने गरेको बताउनु भयो । यता बडिमालिका नगरपालिकामा करिब दुईमहिना देखी प्रमख प्रशासकिय अधिकृत विहिन छ ।

नगरपालिकामा प्रमुख नहुदा आर्थिक कारोबार तथा नागरिकले पालिकाबाट पाउने सेवा,सुविधा समेत रोकिएका छन् । बडिमालिका नगरपालिकामा प्रमुख आउछन् तर एक महिना नवित्तै,विचमा भाग्ने गरेका छन् । नगरपालिकामा हाकिम नबस्नुका विषेश कारण राजनितिक हस्तक्षेत रहेको नगरपालिका एक कर्मचारीले बताएका छन् ।

केही महिना अगाडी उपसचिव देविन्द्र सापकोटा बडिमालिका नगरपालिकामा आउनु भयो । उहाँ करिव दुई महिना भन्दा बढि नगरपालिका नबसेर घरविदा गएको भन्दै सुरुवा हुुनु भयो । नगरपालिकामा सापकोटा प्रतिनिधी पात्र मात्र हुन । उहाँ जस्तै घर विदा गएर सुरुवा हुने हाकिम नगरपालिकामा विरलै होलान । यता नगरप्रमुख अमर खड्कालाई भने नगरपालिकामा हाकिम ल्याउनका लागी काठमाडौ जान र्दैनिकी जस्तै बनेको छ ।

बडिमालिका नगरपालिकामा जहिलै हाकिम किन बस्दैनन् भन्ने प्रश्नमा नगरप्रबक्ता धर्मराज पाध्यायले हाकिमलाई कर्मचारीबाट असहयोग भएका कारण हाकिम नबस्ने गरेको बताएका छन् । उनका अनुशार कर्मचारीहरु हाकिमलाई नटेर्ने बताउर्दै नगरपालिकामा जहिलै प्रमुख विहिन हुने गरेको छ । हाकिम ल्याउनको लागी नगरपालिकाले मन्त्रालयलाई लेटर पठाईसकेको र हाकिम नपाईएका कारण ढिलो भएको प्रबक्ता पाध्यायले जानकारी दिनुभयो ।नगरपालिकामा हामिक नभएपछी कर्मचारीहरु लामो समय सम्म विदा बसेर कार्यालयमा नआउने गरेको समेत पाईएको छ । 

कमेन्टहरु