राष्ट्रिय वाणिज्य बैक शाखा रौतहटले ५९ औं बार्षिक उत्सव मनाए

नवलपुर टुडे
२०८० माघ १० | मध्यान्ह ०८:१० बजे

रौतहट, माघ १० । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ औं वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा गरुडा शाखाले बुधबार एक कार्यक्रमका बिच बार्षिक उत्सव मनाएका छन ।
लोसपाका वरिष्ठ नेता तथा पुर्व मन्त्री अनिल कुमार झा को बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरेकाे हो । बिभिन्न बिधामा सम्मानित हुने ब्यक्तिलाई बधाई तथा शुभकामना समेत दिएका छन ।
साथै बैंकले सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गर्न सुझावसमेत दिएका छन ।
साे कार्यक्रममा गरूडा नगरपालिकाकाे नगरप्रमुख कन्थमनि प्रसाद जयसवाल लगायत बैकका कर्मचारीहरू उपस्थित समेत रहेका थिए ।























