काठमाडौमा बोराभित्र पोको पारेर फालिएको शब फेला

नवलपुर टुडे
२०७८ जेष्ठ २५ | बिहान ०९:०२ बजे

काठमाडौं । काठमाडौंको नयाँबस्तीमा बोरा भित्र पोको पारेर फालिएको अवस्थामा शव फेला परेको छ ।
मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बोरामा शव भेटिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो ।
एसपी बस्नेतले भने, ‘नयाँ बस्तीमा बोरा भित्र पोको पारेर राखेको अवस्थामा शव भेटिएको सूचना आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’ हत्या गरेर शव फालेको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।























