समाचार

धनगढीमा घरको पाँचतलाबाट हाम फालेर एक व्यापारीले गरे आत्महत्या

जगत ठाडा मगर
२०८० माघ १० | मध्यान्ह ०३:१० बजे

धनगढी, माघ १० । कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

बुधबार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदिप चन्दले बताए । अग्रवालले धनगढीमा शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

उनले के कारणले घरको छतबाट हाम फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घरको माथिल्लो तल्लास्थित छतमा पुगेका अग्रवाललाई स्थानीयले त्यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेर हाम फालेको जनाइएको छ ।

कमेन्टहरु