मधेश मानव अधिकार गृह माहुरीहोमद्वारा स्वास्थ्य सामग्री वितरण


ज्ञानेश्वर सहानी
नवलपरासी । पश्चिम नवलपरासीमा मधेश मानव अधिकार गृह माहुरीहोमद्वारा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को बढ्दो संक्रमणबाट सुरक्षाकर्मीहरुलाई सुरक्षित राख्ने उद्देश्यले सीमा प्रहरी चौकी र आफन्त नेपाललाई स्वास्थ्य सामग्री वितरण गरेको हाे ।

स्वास्थ्य सामग्री अन्तर्गत सर्जिकल मास्क,एन ९० मास्क,ग्लोब्स,सेनिटाइजर,कपडा,साबुन,टर्च, हाथ धुने टंकी लगाएतका स्वास्थ्य समाग्री सीमा प्रहरी चौकी र आफन्त नेपाललाई हस्तान्तरण गरिएको हाे ।
यस्तो विषम परिस्थितिमा आम नागरिकलाई कोभिड–१९ बाट बचाउन र संक्रमितलाइ उपचार सेवा प्रदान गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेका छन् । तर सीमा प्रहरी चौकीलाई सुरक्षित राख्न बाहिरी संघ–संस्थाहरुबाट सहयोग हुन नसकेको बेला सीमा प्रहरी चौकी र आफन्त नेपाललाई मध्यनजर राख्दै मधेश मानव अधिकार गृह माहुरीहोमद्वारा ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मधेस मानव अधिकार गृह ( माहिरीहोम ) तौलिहवा कपिलवस्तु सहज परियोजनाका दिनेश चौधरी ,रामबिकास चौधरी,रिखिराम निगम,अनिल यादव र रमेश चौहान लगाएतकाे सहभागीता रहेको थियाे ।























