देश

धनुषाको सबैलामा २६ लाखको ढलान ३ दिन पनि टिकेन

जगत ठाडा मगर
२०७८ जेष्ठ २४ | मध्यान्ह ०८:०२ बजे

आयुब हुसेन
जनकपुर । निर्माण सम्पन्न भएको तीन दिन पनि नपुग्दै धनुषाको सबैला नगरपालिका–४ बल्टियामा पिसिसी ढलान चर्केको छ । स्थानीय तहको योजनाले रु २६ लाख बराबरको लागतमा समृधी निर्माण सेवामार्फत जेठ १८ गते पिसिसी ढलान निर्माण गरेको थियो ।

तिन सय ९० मिटर लम्बाइको सो सडकको बीच भागमा ३/४वटा भ्वाङ ( चर्केको )परेको एक स्थानीयवासीले जानकारी दिए । सडकलो दायाँबायाँ भागको जमीन भासिएको कारणले भ्वाङसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ । सडकको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ ।

ठेकेदार सचिन यादवले सडक निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासीले बताए । ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा तीन दिन पनि नबित्दै सडक भत्किने अवस्थामा पुगेको स्थानीयवासीले बताए ।

यता ठेकेदार यादवको अनुसार मेरो काममा कुनै कमि कमजोरी छैन, एक दम राम्रो काम भएको छ।

कमेन्टहरु