मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

बाजुरामा विपद घरका रकम नपाउदा लगानी ऋणमा

उमेश रोकाया
२०८० माघ ९ | मध्यान्ह १२:१० बजे

बाजुरा । विपत घर निर्माणकार्य सम्पन्न हुँदा पनि रकम नपाउदा सबै लगानी ऋणमा रहेकोे छ्न।

हिमाली गाउँपालिका वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर लगायत गरेर १ सय २८ घरपरिवार विपतका घर निर्माण गर्ने काम सम्पन्न गरेका छन। घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी भएको छैन। घर बनाउने काम अन्तिम अवस्था पुग्दा पनि कियुडी गाउँका ९९ घरपरिवार माध्य ७५ घरले पहिलो किस्ता रकम पाएका छन। भने २४ पहिलो किस्ता पनि रकम नपाएको गुनासो गरेका छन।

गाउँमा बाढी पहिरो बिछ गाउँ चिरा-चिरा बनाउदा बस्ती बिस्तार गर्न अहिले जर गाउँ भन्ने ठाउँमा घर निर्माण गरेका छन। विपत बाट बनाएका घर निर्माण काम सकिएको भएपनि पाउनु पर्ने रकम नपाउदा पुरै घर निर्माण सामाग्री जस्तापाता, काठ र सिमेन्ट सबै समान उदारो निकालेर पैसा नहुदा समस्या भएको छ। अहिले गाउँ नजिकै बजार कवाडी र धुलाचौर बजारमा जादा समान ल्याएका साहु पैसा माग्ने गरेका छन। तर आफू संग पैसा नहुदा निकै समस्या भएको स्थानीय जस बहादुर रोकायाले बताएका छ्न।

विपतका घर निर्माण गरे पनि आधाले पैसा पाएका छन। भने आफुले कुनैपनी किस्ताको रकम नपाएको गुनासो गर्नु राख्नु भएको छ। घर बनाउदा जस्तापाता लागि खासै पैसा तिर्न सकेको छैन। सबै समान पसलमा उदारो चलाएको छ। घर बनाउने मिस्त्री ज्याला समेत पनि दिन सकेको छैन। आफ्नो घरमा तिर्ने आय स्रोत केही छैन। अझ भने हो भने चार पाँच पटक गाउँपालिका हटेर मान्छे हो। अस्ति साउन महिनामा माल पाखर छोडेर पनि गाउँपालिका हिडेर पनि केही काम भएको छैन। घरमा लालपुर्जा लिएर गएपनी रकम पाउन नसकेको स्थानीय दल बहादुर बुढाले बताएका छन।

हिमाली गाउँपालिका विपतका घरको अन्तिम सर्वेक्षण गरिसकेको छ। पालिकामा रहेका १ सय २८ घर प्राविधिक टिम प्रत्येक घरमा गएर फाइनल हेर्ने काम भैसकेको छ। सोही घरमा सर्वेक्षण गर्न जादा घर निर्माण सम्पन्न गरि नयाँ घरमा बस्ने गरेका छ्न। घर सरकारी मापदण्ड अनुसार बनाएर भएपनि किस्तामा दिने पैसा नपाएको गुनासो प्राविधिक टिमलाई सुनाएका हिमाली गाउँपालिका असिस्टेन्ट सब इन्जिनियर प्रेम बहादुर रावतले बताएका छन।

गाउँपालिका बाट प्राविधिक रिपोर्ट सहित कागज पत्र तयारी गरेका छौ। जतिका घरहरू पैसा नपरेको घर छन। तिनीहरु लाई रकम निकास गर्न जिल्ला प्रशासन तथा संघ र प्रदेशमा पहल गर्ने काम भैरहेको छ। अब ढिलोमा असार मसान्तसम्म घरको रकम उपलब्ध गराउने गरि निरन्तर रूपमा लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

विपद घर बनिसकेको भएपनि हिमाली गाउँपालिकाले पठाउने कागजपत्र जिल्ला प्रशासन कार्यालयमा आएको छैन। गाउँपालिका जुन व्यहोर्नुपर्ने रकम १० प्रतिशत पाउने पैसा रोखिएको कारणले रकम भुक्तानी भएको छैन। सबै कागज प्रक्रिया पुगे र पालिकाले १० प्रतिशत रकम पठाए भने हामी विपदका घरहरू लाई पाउने रकम दिन तयार भएको जिल्ला प्रशासन बाजुरा प्रशासन शाखा तथा विपद सम्पर्क व्यक्ति नैन रावलले जानकारी दिएका छन।

कमेन्टहरु