समाचार

नेपाल उत्पीडित उत्थान संस्था सुनवलद्वारा नगर प्रमुख अर्याललाई दलित तथा अल्पसंख्यक समुदायको कार्यक्रममा बहिष्कारको चेतावनी

जगत ठाडा मगर
२०८० माघ ९ | बिहान ०७:१० बजे

सुनवल । नगर शिक्षा संसोधन विधेयक दलित तथा अल्पसंख्यक समुदाय विरोधी आएको भन्दै सुनवल नगरपालिका नगरप्रमुख विमला अर्याललाई दलित तथा अल्पसंख्यक समुदायको कार्यक्रममा बहिष्कार गर्ने भएका छन । नेपाल उत्पीडित उत्था न संस्था सुनवलले एक विज्ञप्ति जारी गर्दै १४ औं नगरसभाबाट पारित शिक्षा विधेयकले दलित तथा अल्पसंख्यक समुदायको अधिकार कुन्ठित गरेको आरोप लगाएका छन ।

सस्थाका सुनवल नगर अध्यक्ष शिवबहादुर विश्वकर्मा र सचीव रमेश नेपालीद्वारा हस्ताक्षर संयुक्त विज्ञप्तिमा सुनवल नगरपालिकाको शिक्षा विधेयकको परिच्छेद ४ को दफा १८ को उपदफा (१) को खण्ड (च) को साविकमा दलित तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व अनिवार्य तथा सुनिस्चित रहेको व्यवस्थालाई १४ औ नगरसभामा नगर प्रमुखको ठाडो निर्देशनमा संसोधन विधेयक मार्फत अनिवार्य सुनिस्चित भएको व्यवस्थालाई संसोधन विधेयक मार्फत संसोधन गरि वैकल्पिक व्यवस्था बनाई ऐन पास गरेकोमा समुदाय ध्यानाकर्षण भएको बताएका छन ।

विज्ञप्तिमा भनिएको छ नेपालको संविधानले नै सुनिस्चित व्यवस्था गरेको समानुपातिक समावेसीको मुल मर्मलाई आत्मसाथ गर्दै दलित तथा अल्पसंख्यक समुदायको अनिवार्य प्रतिनिधित्व गरेको साविकको शिक्षा विधेयकलाई नगरप्रमुखले संसोधन विधेयक मार्फत दलित तथा अल्पसंख्यक समुदायलाई शिक्षा समितिहरुमा प्रतिनिधित्व विहिन गराउने अभिप्रायका साथ गैर दलित र आफ्ना अनुकुलका व्यक्तिहरुको मात्रै भर्ती केन्द्रका रुपमा स्थापित गराउन खोज्नु गैर जिम्मेवार कदम भएको आरोप लगाएका छ्न।

नगरप्रमुख अर्यालले दलित तथा अल्पसंख्यक समुदायको आवश्यक चासो तथा बजेटको व्यवस्था नगरिरहेको अवस्थामा अझ साविकमा भैरहेको अनिवार्य प्रतिधित्वको अधिकारहरु पनि कटौटी गरेको हुदा उक्त संसोधन गरी पास गरिएको ऐन तथा विधेयक तत्काल खारेजि र संसोधन विधेयक खारेज नगर्दासम्म दलित तथा उत्पीडित समुदायका सबै कार्यक्रमहरुमा नगरप्रमुखलाई बहिस्कार गर्ने चेतावनी दिदै समाधान नगरेको खण्डमा आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरि आन्दोलन गर्ने विज्ञप्ति उल्लेख गरिएको छ ।

photo 2024 01 23 07 25 30

कमेन्टहरु