देश, स्वास्थ्य

आज ६ हजार ९५१ संक्रमणमुक्त, ४ हजार ४७२ जना थप संक्रमित

नवलपुर टुडे
२०७८ जेष्ठ २४ | मध्यान्ह ०५:०२ बजे

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार १२ हजार २ पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ ।

सोमबार ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ । अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् ।

कमेन्टहरु