बुटवल कालिकानगरमा मोटर पार्ट्स् गोदाममा आगलागी हुँदा २ करोड बराबरको क्षति


बुटवल । बुटवलको कालिकानगरमा रहेको सुजुकी मोटर पार्ट्स् गोदममा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–९ कालिकानगर स्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्स् गोदाममा सोमबार आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । आगलागीको कारण भने खुलेको छैन ।
आगो नियन्त्रणमा लिन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र, सैनामैना तथा सिद्धार्थनगर नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । गोदाममा प्लाष्टिकजन्य सामाग्री बढी रहेका कारण आगो नियन्त्रणमा लिन ४ वटा दमकललाई झण्डै १ घण्टा समय लागेको प्रहरीले जनाएको छ । क्षतिको विवरण नआएपनि झण्डै २ करोड बराबरको क्षति भएको संचालक श्याम सापकोटाले बताए । संचालकले विद्युत सर्ट भएर आगलागी भएको बताएका छन् । आगलागीको विषयमा अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

















