दुर्घटना, लुम्बिनी प्रदेश

मोटरसाइकल दुर्घटनामा, एक भारतीय नागरिकसहित २ जनाको मृत्यु

नवलपुर टुडे
२०८० माघ ८ | बिहान ११:१० बजे

बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादव र भारत सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो । लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किँदा एक भारतीयसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले  जनाएको  छ।

कमेन्टहरु