देश

प्रहरीको निशानामा फेसबुक, युट्युब र टिकटक प्रयोगकर्ता साइबर ब्युरोले दियो चेतावनी

नवलपुर टुडे
२०७८ जेष्ठ २४ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं । फेसबुक, युट्युब, टिकटक लगायतमा व्यक्तिको चरित्रहत्या हुनेगरी फोटो एडिड गरेर वा अन्य तरिकाले परिमार्जित सामग्री पोस्ट गर्नेहरु नेपाल प्रहरीको निशानामा पर्ने भएका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले यिनीहरुलाई लक्षित गर्दै सूचना जारी गरेको छ । प्रहरीले सामाजिक संजाल दुरुपयोग गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

photo 2021 06 07 15 55 23

प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै भनेको छ ‘हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता समाग्रीहरू बनाउने, प्रकासन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न/नगराउन हुन अनुरोध साथै त्यस्ता गतिविधि गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने व्यहोरासमेत जानकारी गराइएको छ ।

कमेन्टहरु