समाचार

रौतहटमा सशस्त्र प्रहरीद्वारा अन्तरक्रिया कार्यक्रम

अशोक यादव
२०८० माघ ७ | मध्यान्ह ०८:१० बजे

रौतहट, माघ ७ । सशस्त्र प्रहरी बल नेपाल न ११ गण हे. क्वा रौतहटद्वारा आयोजित सिमावासीसंग सशस्त्र प्रहरी अन्तरक्रिया कार्यक्रम आज आईतबारकाे दिन गौर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

साे कार्यक्रम काे प्रमुख अतिथिको रुपमा गौर नगरपालिकाकाे नगरप्रमुख शम्भुसाहरहेको थियो भने कार्यक्रममा बिशिस्ट अतिथिकाे रूपमा सशस्त्र प्रहरी बल रौतहटकाे प्रमुख माधवरेग्मी रहेका थियोे । सिमाक्षेत्रमा हुने कठिनाइ र चुनौतीको समाधान सर्वसाधारणको ब्यवहारलाई समेटदै गरिनु पर्ने खुल्ला सिमा नाकाका कारण अपराधी तस्कर लागुऔषधदुर्व्यव्सन शिकार भएका युवाहरुलाई न्यूनीकरण गर्नुपर्ने बताउनु भएको छ ।

त्यस्तै आपतबिपदको समय होस या पर्यटनको लागि होस भारतीय करेन्सी नेपालमा ५० हजार भन्दा पनि कम लिएर आउदा जफत गर्ने परिपाटीले अर्थ ब्यवस्थामा पनि प्रभाव पार्ने भएकोले सुधार गर्नु पर्ने जिकिर गर्नु भएको छ।

यस्तै गौर भंसारमा क्वारेन्टाइन नभएकोले त्यसको ब्यवस्थापन गर्नु पर्ने त्यस्तै घरको प्रयोगको लागि ल्याउने सामाग्रीहरुलाई सुविधा दिनुपर्ने भारतको विभिन्न ठाउँबाट १०/११बजे राती ट्रेन आउने/जाने भएकोले यात्रुहरुको आवत जावतको लागि बोर्डर खुल्ला राख्नु पर्नेसमेत नगरप्रमुख साहले बताएका छन ।

साे कार्यक्रममा नगरपालिकाका सयौं जना कर्मचारीहरू तथा सर्वसाधारणकाे उपस्थित रहेकाे प्रविण पाण्डेले जानकारी गराएका छन ।

कमेन्टहरु