धर्म–संस्कृति/रीतिथिति

पश्चिम नवलपरासीको रामग्राम – ४ मा कलश यात्राको भब्य तयारी

रामजी प्रजापती
२०८० माघ ७ | मध्यान्ह ०६:१० बजे

नवलपरासी, माघ ७ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ४ लगायत रामग्रामबासीले हर्ष उल्लासका साथ कलश यात्रा भजनकिर्तन लगायतका कार्य गर्ने भएका छन् । 

त्यसैगरी वडा नं ४ का रामग्राम युवा क्लबले गाउँबासी लगायत उक्त कलश यात्रामा सहभागी भई  जितपुर दुर्गा मन्दिरदेखि बैरिहिवा केरवनी हुँदै बलगोविन्द पेट्रोल हुँदै पुनः आफ्नो गाउँ फर्किने भएको छ ।

कलश यात्रामा तीन देवता ब्रह्मा, विष्णु र महेशसँगै ३३ करोड देवी-देवता स्वयं वास गर्ने परम्परागत विश्वास रहेको छ । कलश बोक्ने व्यक्ति गाउँमा पुगे पनि जमिन आफै सिद्ध हुन्छ । जसले टाउकोमा कलश धारण गर्छ, उसको आत्मालाई भगवानले पावन गरी आफ्नो शरणमा लिने विश्वास रहेको छ ।

आगामी पौष शुक्ल द्वादशी, विक्रम सम्वत् २०८० माघ ८ गते (२२ जनवरी २०२४) सोमवारको शुभ दिनमा, भगवान् श्री रामको जन्मभूमिमा निर्माण भइरहेको नयाँ मन्दिरको भूतलको गर्भगृहमा भगवान् श्री रामको बाल स्वरूपको नयाँ मूर्तिको प्राण -प्रतिष्ठा गरिदैछ ।

यस अवसरमा रामग्राम बासिन्दा लगायत प्रत्येक मन्दिरमा रामभक्तहरुलाई भेला गरी कलश यात्रा, र्‍याली, भजन-कीर्तन, समाजलाई अयोध्याको प्राण-प्रतिष्ठा समारोह देखाउने, शंख बजाउने, घण्टी बजाउने, आरती गर्ने, प्रसाद वितरण गर्ने समेत व्यवस्थापन गरेको छ ।

सम्पुर्ण राष्ट्रको वातावरण सात्विक र राममय बनाउनको लागि विजय महामन्त्र “श्री राम जय राम जय जय राम” १०८ पटक, सामूहिक रूपमा हनुमान चालिसा लगायतका कार्य गर्ने भएको छ ।

प्राणप्रतिष्ठाको दिन साँझ सूर्यास्त पछि आफ्नो घरको अगाडि दीप प्रज्वलन गरी देवतालाई प्रसन्न पार्ने गरी दीपोत्सव गर्ने गर्दछ ।

कमेन्टहरु