नेपाली समाज कतारको तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा


काठमाडौ, माघ ७ । नेपाली समाज कतारको तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तेज मोक्तान तमाङले बताए।
संघीयता, सुशासन, समृद्धि र समाजवाद भन्ने मुल नाराका साथ सन:२०१९ मा स्थापना गरिएको नेपाली समाज कतारको तेस्रो अधिवेशन सनैयाको ग्राण्ड मल्ल स्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा अगामी जनवरी २६ तारीख (शुक्रबार) का दिन हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तमाङले बताए।

गत शुक्रबार सनैयाको ग्राण्ड मल्ल स्थित कृकेट रंगशालामा बसेको संस्थाको दोस्रो कार्यकालको अन्तिम बैठकमा अधिवेशनको अन्तिम चरणमा पुगेको सचिव अवधेश कुमार मण्डलले बताए। सचीव मण्डलले अनुरोध गर्दै दोहा कतारमा स्थापित सम्पूर्ण जिल्ला संस्था जातीय संस्था वैचारिक संस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिकोलागी आग्रह गरेको छ।























