नवलपुरको हुप्सेकोटमा कोदालो र खुर्पा प्रहार गरी आफ्नै श्रीमतीको हत्या

नवलपुर टुडे
२०८० माघ ७ | बिहान १०:१० बजे

नवलपुर, माघ ७ । नवलपुरमा कोदालो र खुर्पा प्रहार गरी एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
गएराती १ बजे हुप्सेकोट गाउँपालिका – ६ बिरुखर्कका ३३ वर्षीय शेर बहादुर लम्का मगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्का मगरलाई कोदालो र खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
संगै सुतिरहेको अवस्थामा शेर बहादुरले श्रीमतीलाई कोदालो र खुर्पा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
शेर बहादुरलाई कोदालो र खुर्पा सहित नियन्त्रणमा लिएको र घटनास्थलमा प्रहरी टोली खटी गई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।























