समाचार

पाल्पाको झुम्सा खोलामा निर्माणाधीन फलामको पुल भाँचिदा दुई जना कामदार घाइते

टोप कामु मगर
२०८० माघ ७ | बिहान ०७:१० बजे

पाल्पा, माघ ७ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ र ४ को सीमानामा रहेको झुम्सा खोलामा निर्माण गरिएको फलामको पुल भाँचिदा दुई जना कामदार घाइते भएका छन् ।

फलामै फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नटबोल्ट खोल्दै गर्दा पुल भाँचिएर तिनाउ गाउँपालिका–४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर बस्ने वर्ष २२ का लक्षु माझी घाइते भएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।

घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको पाल्पा दोभान प्रहरी चौकीका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिए । निर्माण व्यवसायीको काम र प्राविधिकको लापरवाहीले गर्दा फलामले बनेको पुल भाँचिएको स्थानीयले बताएका छन् ।

कमेन्टहरु