समाचार

ईलाका प्रहरी कार्यालय रौतहटमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

अशोक यादव
२०८० माघ ६ | बिहान ०९:१० बजे

रौतहट, माघ ६ । ईलाका प्रहरी कार्यालय कटहरियाले आज बजार व्यवस्थापन लगायत कटिया हाउस(होटेल) विक्री हुने मासुु, तरकारी, फलफूल, माछा लगायत खाद्यान्नसम्बन्धी तथा कालो बजारी न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । रौतहटको चर्चित बजार कटहरिया बजारमा रहेको कटिया पसलहरुको गुणस्तर बढाउन कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्रारम्भमा ईप्रका कटहरियाका प्रहरी बरिष्ठ नायव निरीक्षक अरुण कुमार सिंहले कटहरियाको कटिया पसलमा कालो बजारी बढेको आफूू समक्ष गुनासोहरु आउन थालेको सञ्चालकहरुलाई जानकारी गराएका थिए । कटहरिया कटियाको लागि प्रसिद्ध रहेकाले यसको गुणस्तर कायम राख्ने दायित्व कटिया हाउस सञ्चालकहरुको रहेकोले यस तर्फ ध्यानदिनुपर्ने सुुझाएका थिए ।

कटहरियामा रहेका कटिया होटेलहरुले बिक्री गर्ने कटिया मासुुको मूल्य निर्धारण गर्नुुपर्ने, मूल्यसूचि राख्नुपर्ने, गुणस्तर बढाउनु पर्ने, सरसफाइ, होटेलको सेवा स्तरीयता बढाउन सुुझाव दिने उदेश्यले कार्यक्रम आयोजन गरिएको थियो । उपभोक्ताहरुलाइ सफा, स्वस्थ र गुणस्तर युुक्त कटिया बिक्री वितरणमा ध्यान दिन सुुझाव दिइएको थियो ।

कार्यक्रममा उपस्थित व्यक्तिहरुले कटहरिया बजारमा मासुु, माछा, मुुर्गा कटरहरुको बिक्री वितरण गर्ने ठाउँ निधारण गर्नुुपर्ने, पसल बन्द गर्ने समय निर्धारण गर्नुपर्ने लगायत विषयमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरिया बजारको कटिया व्यापार घट्दै गएको भन्दै यस तर्फ सबैको ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यस्तै कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले यी समग्र विषयहरुमा एउटा ठोस निर्णय गरि अगाडी बढनुुपर्ने बताए । यी विषयमा छिट्टै नै निर्णय गरिने उनले बताए । कार्यक्रममा मेयर प्रत्यासी नसरुदिन अन्सारी, योगेन्द्र साह, समाजसेवी राकेश गिरी, बिनोद साह लगायतले आफ्नो धारणा राखेका थिए ।

उनीहरुले चराचुरुङ्खीको मासु विक्री वितरण गर्दा ग्राहकसमक्ष बनाएर विक्री गर्नुपर्ने, मासुु तौल गरेर बेच्न आग्रह गरेका थिए । ईप्रका कटहरियाको इन्चार्जको जिम्मेवारी सम्हालेदेखि नै बरिष्ठ सइ सिंह एक्सनमा काम गरिरहेका छन् । आउने बित्तिकै परिचयात्मक कार्यक्रमदेखि लिएर सार्वजनिक सुनवाइ कार्यक्रम पनि आयोजना गरि सकेका छन् । नयाँ प्रमुखमा सिंह आएपछि ईप्रका कटहरिया थप सक्रिय बन्दै गएको छ ।

शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाएका उनले कडा एक्सनका साथ काम गरिरहेका छन् ।

कमेन्टहरु