मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराको कोल्टी बाट २ जना गर्भवती महिलाको हवाई उद्धार


बाजुरा । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।
बुढीनन्दा नगरपालिका १ जमसालका पुर्ण बहादुर खत्रीकी श्रीमती बर्ष २९ की संम्झना खत्री र सोही वडाकाे पिपलडाली स्थित रमेशराज बिष्टकी श्रीमती बर्ष २५ की सरोस्वती बिष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर गरि सुर्खेत पठाएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकप्टर मार्फत शुक्रबार बिहान ११ बजे उनिहरुलाई सुर्खेत पठाईएको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए । उनिहरुको अवस्था गम्भिर रहेको र अपरेशन गर्नुपर्ने तर स्वास्थ्य केन्द्रमा अक्सिजन नभएका कारण रेफर गरिएको उनले बताएका छन् । अक्सीजन अभाव भएका कारण अपरेशन गर्ने बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य संयोजक शाहीले बताएका छन् ।























