देश, मनोरन्जन

सरर जाम साईलीको सफलतापछि गायिका बिमता घर्ती मगरको फुल हजार सार्बजनिक

नवलपुर टुडे
२०८० माघ ५ | मध्यान्ह ०५:१० बजे

रोल्पा । रोल्पा माडी गाउँपालिका- ५ घर्ती गाउँमा जन्मनु भएका गायिका बिमता घर्ती मगरले गाउनु भएको सरर जाम साईली बोलको गीत १ बर्ष अगाडि दर्शक श्रोताको मायाले खुब चर्चा पायो ।

उनी गीत संगितमा लागेको पाँच बर्षमा चर्चित लोकसंगित बजारमा ल्याएर धेरै चर्चा कमायो । अहिले सरर जाम साईलीको अपार सफलतापछि उनको ‘फुल हजार’ बोलको गीत उनकै अफिसियल युट्युब च्यानलमा सार्बजनिक गरिएको छ । यी गीतले पनि मिलियन भ्युज बटुलिरहेका छन भने दर्शक श्रोताको मनलाई यी गीतले जितिरहेको छ ।

फुल हजार बोलको गीतमा उनै गायिका बिमता घर्ती मगर र खेम सेन्चुरीको सुमुधुर आवाजमा रहेको छ । गीतको शब्द नेत्र अर्यालले कोर्नुभएको छ भने संगित खेम सेन्चुरीले भर्नु भएको छ । यस गीतको म्युजिक भिडियो bimata gharti magar official युट्युबमा रहेको छ ।

भिडियो: https://m.youtube.com/watch?v=Uc9CHaQu5CM

कमेन्टहरु