देश

परासीमा पिसीआर मेसीन संचालन गर्नका लागि भवनको शिलान्यास

जगत ठाडा मगर
२०७८ जेष्ठ २३ | मध्यान्ह ०८:०२ बजे

ज्ञानेश्वर सहानी

नवलपरासी । पश्चिम नवलपरासीमा पिसीआर मेसीन संचालन गर्नका लागि भवनको आज शिलान्यास गरिएको छ । पृथ्बीचन्द्र आस्पतालको मन्दिर पछाडीको जग्गमा पिसीआर मेसीन संचालन गर्नका लागि भवनको शिलान्यास गरिएको हो ।

received 329401455469514

रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता र पाल्हीनन्दन गाउँपालिका एव पिसिआर मेसीन संचालन समीतीका संयोजक बैजुप्रसाद गुप्ताले संयुक्त रुपमा पिसिआर मेसीन संचालन गर्नको लागि भवनको शिलान्यास गरेका हुन ।

यस अघि आस्पतालले उद्योग बाणिज्य संघको सभाहल कोठामा बनाएर मेसिन संचालनमा ल्याउने तयारी गरेको थियो तर सर्बदलिय बैठक बसेर बैजुप्रासद गुप्तालाई संयोजक बनाएपछि पिसीआर मेसीन संचालन गर्नका लागि भवन निमार्ण कार्य सुरु भएको छ ।

IMG 20210606 204744 313

जिल्लामा पिसिआर मेसीन नहुदाँ बुटवल भैरहवा जानुपर्ने बाध्यता रहेको थियो । जिल्लामा पिसिआर मेसीन संचालनमा आएपछि बुटवल भैरहवा जानुपर्ने बाध्यता हट्ने छ । जिल्लामा पिसिआर मेसिन नहुदाँ पनि स्वाब परीक्षण बुटवल भैरहवा पठाउदाँ त्यसको रिर्पोट आउन १० देखी २० दिनसम्म लाग्ने गरेको थियो ।

कमेन्टहरु