गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्रीद्वारा गैँडाकोटस्थित जयश्री खोला पुलको उद्घाटन, जुक्तिखोला पुलको शिलान्यास

जगत ठाडा मगर
२०८० माघ ४ | मध्यान्ह ०९:१० बजे

गैँडाकोट, माघ ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गैँडाकोटमा एक पुलको शिलान्यास गर्नुभएको छ भने अर्को एक पुलको उद्घाटन गर्नुभएको छ । गैँडाकोट ३ को केलादी जोड्ने जुक्तिखोलामा पुलको शिलान्यास गर्नुभएको हो भने गैँडाकोट ३ तात्रिबास र ४ जोड्नेगरी जयश्री खोलामा रहेको जयश्री खोला सडक पुलको उद्घाटन गर्नुभएको हो । जयश्री खोला सडक पुल २०७९ भदौ १९ गते श्री डाइनामकि कन्स्ट्रक्सन प्रालि भरतपुरसँग सम्झौता भइ निर्माण कार्य अघि बढेको थियो ।

२०८० फागुन १४ गते सम्म निर्माण अवधि रहेकोमा समयआगावै निर्माण सम्पन्न भएको गैँडाकोट ३ का वडा अध्यक्ष समेत रहनुभएका गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिनुभयो । पुल २५ मिटर लम्बाईको रहेको छ भने पाइप फाउण्डेशनमा निर्माण गरिएको हो । पुल निर्माणका लागि करिब ७ करोड लागत अनुमान गरिएकोमा ५ करोड ३८ लाखमा सम्झौता भएको थियो । काम गर्दै जाँदा ३ लाख बढेर ५ करोड ४१ लाखमा कार्य सम्पादन भएको पूर्वाधार विकास कार्यालय नवलपुरका कार्यालय प्रमुख ई.सन्तोष अर्यालले जानकारी दिनुभयो । 

गैँडाकोट ३ को केलादी जोड्ने जुक्तिखोलामा पुलको शिलान्यास गरी निर्माण कार्य सुरु भएको जनाउँदै उहाँले गैँडाकोटमा वडा नम्बर ७ र ९ जोड्ने अर्को जयश्री खोला सडक पुल निर्माणको क्रममा रहेको बताउनुभयो । 

त्यस्तै प्रदेश सरकारको लागानि रहेको एक निर्वाचन क्षेत्र एक सडक अन्तगर्तको गैँडाकोट नगरपालिकाको मुकुन्दपुर र गैँडाकोट १८ जोड्ने आहाले सडक भने अहिले अलपत्र परेको छ । २०७६ सालमा सम्झौता भए पनि यस सडकको प्रगति न्यून छ । सो सडकको जेठ २० गते म्याद सकि सकेको छ । यसको केही कानुनी प्रावधानका कारण काम अघि बढ्न नसकेको पूर्वाधार विकास कार्यालय नवलपुरका कार्यालय प्रमुख ई.सन्तोष अर्यालले बताउनुभयो । कार्यालयबाट निरन्तर ताकेता भइरहेको समेत उहाँले बताउनुभयो । सडक निर्माणको म्याद थपको प्रावधान नभएकाले समस्य आएकोले सो समस्या समाधान गरी यस आर्थिक वर्ष भित्र सक्ने गरी कामको थालनी भएको उहाँको भनाई थियो । 

417228992 3297335957236628 4363769022945558883 n

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गैँडाकोटको विकासमा प्रतिवद्ध रहेको बताउनुभएको थियो । 

यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमाको सम्बन्धमा बिहीवार नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सरोकारवालासँग अन्तरक्रिया कार्यकममा सहभागी हुनुभएको थियो । गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निमार्णका लागि सुझाव संकलनलाई तिब्रता दिएको छ । आगामी पाचं बर्षका लागि योजना तयार गर्न प्रदेश सरकारले ११ वटै जिललामा सुझाव संकलन गरीरहेको छ ।

417128668 924877198629857 2913446018305962327 n

कमेन्टहरु