अर्थ, मधेश प्रदेश

सिरहामा मिटरब्याज पीडितले साहुलाई जिल्ला प्रशासन कार्यालयमै कुटे

जगत ठाडा मगर
२०८० माघ ४ | मध्यान्ह ०८:१० बजे

सिरहा, माघ ४ । सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन् । बिहीवार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले साहुलाई कुटेका हुन् । कुटपिटबाट सूर्यकुमार यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

ऋणी राज कुमार महतो र धनी सूर्य कुमार यादबबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो । यादवबाट महतोले सुरुमा ७ लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनको लागि पटक पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयमा छलफलको बेलासमेत ऋणीको कुरा नसुनेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटेको स्वीकार गरेका छन् ।

कमेन्टहरु