मधेश प्रदेश

उवास लहानद्वारा मेडिकल ब्यबसाय दुर्गा प्रसाईंको अभिव्यक्ति विरुद्ध पत्रकार सम्मेलन

जगत ठाडा मगर
२०८० माघ ४ | मध्यान्ह ०६:१० बजे

लहान । मेडिकल ब्यबसाय दुर्गा प्रसाईंले सिरहाको लहानमा आएर उद्योग वाणिज्य संघका अध्यक्ष बिकास शारदालाई लक्षित गर्दै दिएको अभिव्यक्ति प्रति उद्योग बाणिज्य संघले लहानमा पत्रकार सम्मेलन गरी बिरोध गरेका छन ।

पत्रकार सम्मेलनमा माघ २ गतेका दिन बैंक वित्तिय कर्जा पीडित व्यवसाय कल्याण संघ, संघर्ष समितिले गरिएको कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ लहान र संघका अध्यक्षलाई लक्षित गरी गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै, संघको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सम्मेलनमा उद्योग बाणिज्य संघ व्यापारीहरुको साझा संगठन रहेको सर्ववितिदै रहेकोले संगठनको पहिलो प्राथमिकता व्यावसायीको हकहित संरक्षण नै रहेको छ जानकारी दिए । उद्योग बाणिज्य संघको अध्यक्षको हैसियतले म सदैव व्यवसायीको हित र संरक्षणप्रति प्रतिबद्ध रहेको अवगत गराए ।

साथै दुर्गा प्रसाईंले मर्यादा विपरित दिएको अभिव्यक्ति नसच्याए यो संघर्ष समितिको सल्लाहकार पदवाट अलग हुनेसमेत पत्रकार सम्मेलनमा जानकारी दिए ।

कमेन्टहरु