रौतहटका बिभा यादवले १० महिनामा छ ठाउँबाट लोकसेवा परीक्षा पास

अशोक यादव
२०८० माघ ४ | मध्यान्ह ०१:१० बजे

रौतहट । रौतहट जिल्लाका बिभा यादवले १० महिनाको अन्तरालमा स्वास्थ्य सेवा तर्फको विभिन्न लोकसेवा आयोगको परीक्षामा ६ ठाउँमा नाम निकाल्न सफल भएकी छिन् ।
उनले संघीय लोकसेवा आयोग जलेश्वरमा स्वास्थ्य जनरल नर्सिङ समूहको पाँचौ तह, लुम्बिनी प्रदेश स्वास्थ्य जनरल नर्सिङ समूह, लुम्बिनी प्रदेश निजामती सेवा अन्तर्गत स्थानीय स्तरीय स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा जनरल नर्सिङ चौथो तह, कर्णाली प्रदेश स्वास्थ्य सेवा जनरल नर्सिङ चौथो तह र कोशी प्रदेश स्वास्थ्य सेवा जेनरल नर्सिङ समूहको चौथो तहमा नाम निकालेकी छिन ।
तर, उनले छ ठाउँबाट नाम निकाले पनि नारायणी अस्पताल वीरगन्जमा सिफारिस भएको छ ।























