रौतहटमा अबैध कुखुरा बरामद गरी नष्ट

अशोक यादव
२०८० माघ ४ | मध्यान्ह १२:१० बजे

रौतहट । रौतहटमा भारतबाट भित्र्याइएका एक सय पाँच केजी अबैध कुखुरा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेका छन ।
जिल्लाको परोहा नगरपालिका- ७ नरकटियास्थित रहेको सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक धनेश्वर प्रसाद यादवको कमाण्डमा गएको टोलीले बरामद अबैद कुखुरा खाल्डो खनी पुरेर नष्ट गरेका हुन ।
भारतबाट भन्सार छली नेपाल दुईवटा साइकल र मोटरसाइकलमा ल्याउदै गरेको अबस्थामा परोहा नगरपालिका- ७ नरकटियामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिईएको हो ।
भारतसंग सिमा जोडिएका नाकाबाट दिनहुँ अबैध रूपमा बिभिन्न अबैध सामान बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय राैतहटमा बुझाउने गरेको यादवले बताए ।























