गण्डकी प्रदेश, राजनीति

कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते, सभापतिसहित दर्जन वढी नेता स्याङ्जा जाँदै

जगत ठाडा मगर
२०८० माघ ४ | बिहान ०८:१० बजे

स्याङ्जा, माघ ४ ।  नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते हुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको माघ २ गते बसेको पदाधिकारी बैठकले गरेको जिल्ला सम्मेलन गर्ने निर्णय र सम्मेलनलाई सफल बनाउन माघ ३ गते बसेको पुर्ण बैठकले विभिन्न उप-समितीहरु समेत चयन गरेको जिल्ला सभापति राजु थापाले बताए । 

सम्मेलनको उद्घाटनका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका दर्जन वढी केन्द्रीय स्तरका नेता स्याङ्जा आउने कार्यक्रम रहेको सभापति थापाले जानकारी दिए । 

सम्मेलनलाई सम्बोधन गर्न उपसभापति एवं उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का, उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, महामन्त्रीद्धय गगन कुमार थापा र विश्व प्रकाश शर्मा, सह महामन्त्री जीवन परियार, पार्टीका पुर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य डा.शेखर कोइराला, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतको उपस्थिति रहने छ । 

कमेन्टहरु