गण्डकी प्रदेश, घटना

नवलपुरको गैडाकोटमा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते

नवलपुर टुडे
२०८० माघ ३ | मध्यान्ह ०८:१० बजे
प्रतिकात्मक तस्बिर

नवलपुर, माघ ३ । नवलपुरको गैडाकोट नगरपालिका – २ श्रीनगर टोलमा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएका छन् । स्थानीय ८० वर्षीया गंगादेबी पौडेलको आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किन गई आगोले जलेर घाईते भएका हुन् ।

घाइते भएकी पौडेलको उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवन लगेको थियो । उनको बाँया हात, खुट्टा र कोखमा गरी शरीरको जम्मा ३० % जलेको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुपू) का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

कमेन्टहरु