युएईमा सातौं राष्ट्रिय भाक्का दिवस भब्यरुपमा मनाईयो


काठमाडौ । प्रबास दुबईका समाजिक संस्था कोच राजबंशी समाज युएईको आयोजनामा सातौं राष्ट्रिय भाक्का दिवस दुबईको अल शिपस्थित युएईको क्रुजमा आइतबार भब्य सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए एनसीसी युएई उपाध्यक्ष मनोज कुमार सैजु, बिशिस्ट अतिथि, मंगोल समाज युएईका अध्यक्ष अमर धिमाल, अतिथिहरु, थारु कल्याणकारी सभा महिला विभाग प्रमुख जानकी महतो, मनोज कुमार राजवंशीर जनप्रतिशिल मन्च युएई अध्यक्ष एवम् एनआरएनएका सल्लाहकार सदस्य बाबुराम बिक रहनुभएको थियो ।

सो कार्यक्रममा प्रमूख अतिथि सैजुको हातबाट दीप प्रज्ज्वलन गरी समुउद्घाटन गरी शुरु गरिएको थियो । ‘सातौं राष्ट्रिय भाक्का’ दिवसको उपलक्ष्यमा आलुचप, माछा, चटनी, खान पिन साथै भेज र नन भेज परिकार बुफे सिस्टममा खानपिनको राम्रो प्रबन्ध गरिएको थियोे ।

कार्यक्रममा प्रमूख गायक आर के राजवंशी मुख्य नृत्य टोली कोच राजवंशी समाज युएईका महिला सदस्यहरु पुनम राजबंशी र मेनुका राजबंशीले नृत्य, संगीत, राजबंशी समुदायको मौलिक झल्किने भेषभुषासहित प्रस्तुती दिएर साझ ४ बजेदेखी ७ बजेसम्म १०० भन्दा बढी सहभागीता दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो ।

कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न फिस्टेल ट्राभल्स एण्ड टुरिजमले आर्थिक सहयोग गर्नुभएको थियो, भने ममता राजवंशी, फाल्तु राजवंशी, पुनम राजवंशी, सरस्ती राजवंशी, सबिना राजवंशी, मेनुका राजवंशी, समिर श्रेष्ठ, जीवन तिमिल्सिना, अमित आडि, अमृत सीता राजवंशी, अर्जुन कमल, अनुराे राजवंशी, प्रेम राजवंशी, प्रकाश राजवंशी, निशा राजवंशी र हरेस राजवंशीले विशेष साथ सहयोग गर्नुभएको थियो ।
कार्यक्रम भरत राजबंशीको सभाअध्यक्षतामा कोच राजवंशी समाज युएईका सचिव कविराज राजवंशीको संचालनमा सम्पन्न भएको थियो ।
भिडियो:























