धर्म–संस्कृति/रीतिथिति

माघीको कार्यक्रममा धकेलाधकेल हुँदा आठ जना घाइते

नवलपुर टुडे
२०८० माघ १ | मध्यान्ह ०५:१० बजे

काठमाडौँ, माघ १ । माघी मनाउन काठमाडौको टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा आठ जना घाइते भएका छन् ।

टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । 

उपरीक्षक ढुङ्गेलका अनुसार घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ । 

कमेन्टहरु