मधेश प्रदेश

चिसो र सितलहर बढेपछि राजपुर नगर प्रमुखले दाउरा बितरण

नवलपुर टुडे
२०८० माघ १ | बिहान ०६:१० बजे

अशोक यादव

रौतहट । अत्याधिक चिसो र सितलहरका कारण राैतहटका जन जीवन प्रभावित बन्दै गएपछि रौतहट जिल्लाको राजपुर नगरपालिकाले चिसोबाट बच्नको लागी चोक चोकमा दाउरा वितरण गरेका छन ।

राजपुर नगरपालिकाको नगर प्रमुख डा। राजीक आलमकाे विशेष सक्रियतामा नगरपालिका भरिका बिभिन्न चोक चाैराहामा दाउरा वितरण गरेका हुन ।

दाउरा बितरण भएपछि स्थानीय बासीहरू धेरै हर्षित भएका छन्। जनताको कठिनाइ र समस्या बुझेर आफू जनताहरुको सेवामा अहोरात्र खटिने तयार रहेको नगर प्रमुख डा. राजीक आलमले बताए । यति मात्र नभएर आवशयक परेमा बृद्धाहरुलाई कम्बल तथा रजाइँसमेत बितरण गर्ने प्रतिबद्धता जनाए ।

कमेन्टहरु