कपिलवस्तुमा कोरोना संक्रमितको सुरक्षा सतर्कतामा स्वास्थ्य सामाग्री हस्तान्त्रण


कपिलवस्तु । कपिलबस्तुको एक मात्र जिल्ला अस्पतालमा आधारभूत साधन स्रोत अभाव हुदा स्वास्थ्यकर्मी र डाक्टरलाई कोरोना भाईरस संक्रमितको उपचार गर्न समस्या भईरहेको कुरा संचार माध्यमबाट बाहिर आएपछि लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले सबैभन्दा पहिले सहयोगको हात बढाएको छ ।
थाई मोनाष्ट्रीले अक्सिजन कोसेन्टेटर २ थान ,अटोमेटिक टेम्प्रेचर स्कयानर १ थान, टेम्प्रेचर गन १ थान,अक्सिमिटर २ थान,मास्क ९ सय पिस, सेनिटाईजर ३ लिटर र ग्लोब्स ५ डिब्बा सहयोग प्रदान गरेको हो ।

लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीको सक्रियतामा मोनाष्ट्री प्रमुख भिक्षु फ्रा बोधीविड्सले प्रमुख जिल्ला अधिकारी श्री चक्र पाणि पान्डे ज्यु तथा साझा प्रयास अभियान का संयोजक रबि ठाकुर को गरिमामय उपस्थिति मा अस्पताल का डाक्टर अमुल्य पाठक एबम व्यवस्थापक रत्नाकर शुक्लालाई प्रदान गरे । भिक्षु फ्रा बोधीविड्सले थाई जनताको सानो सहयोग नेपाली जनतालाई गर्न पाउदा खुसी भएको बताए ।






















