मनोरन्जन

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

नवलपुर टुडे
२०८० पुस २८ | बिहान ०७:०९ बजे

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् ।

शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि उचालेका हुन् । बिजेता राई कोच मिलन नेवार समूहको हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । 

मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

कमेन्टहरु