विश्व वातावरण दिवसको अवसरमा रामनगर जेसिआईद्वारा वृक्षारोपण


नवलपरासी । आज पश्चिम नवलपरासीकाे सुनवल नगरपालिकामा वृक्षरोपण कार्यक्रम गरिएको हाे । विश्व वातावरण दिवसको अवसरमा सुनवल नगरपालिका वडा नम्बर १२ काे वडा परिसरमा जेसिआई रामनगरले
वृक्षारोपण कार्यक्रम गरेको छ ।
कार्यक्रममा जेसिआईका वातावरण निर्देशक जेसि विज्ञान ढकालको संयोजकत्व तथा सुनवल नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष यमलाल पाण्डेको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा शाखाका सबै सदस्यहरुलाई एक-एक वटा वितरण उपलब्ध जेसिआई रामनगर वर्ष २०२१ का अध्यक्ष जेसी देबिकला कडेलले बताउनुभयो ।
१८ देखि ४० वर्ष उमेर समुहका युवाहरुकाे नेतृत्व, ब्यक्तित्व र उद्धमशिलताकाे बिकास गर्ने अभियानमा सधै अग्रसर भई काम गर्दै आईरहेकाे जेसिआई रामनगरले विश्व वातावरणको दिवसका अवसरमा ‘एक सदस्य, एक रुख’ अभियान मार्फत सुनवल नगरपालिका वडा नम्बर १२ काे वडा परिसरमा वृक्षारोपण गरेको छ ।
जेसिआई नेपालले देशभरका आफ्ना १ सय ६१ शाखाबाट एकैसाथ विश्व बातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गर्न निर्देशन गरेसङ्गै जेसिआई रामनगरले वृक्षारोपण कार्यक्रम गरेको हो ।
कार्यक्रममा जेसिआई नेपाल वर्ष २०२१ राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी भोजराज चापागाईं, जेसिआई रामनगरका सस्थापक अध्यक्ष जेसी डोलराज भण्डारी, जेसिआई रामनगरका पूर्व अध्यक्ष जेसी भोजराज पौडेल लगाएतको सहभागीता रहेको थियो ।























