कावासोती नगरपालिकाको १४ औं नगरसभा सम्पन्न


कावासोती, पुष २५ । कावासोती नगरपालिकाको १४ औं नगरसभा आज सम्पन्न भएको छ । नगर सभाले चालु आर्थिक बर्षको बजेटबाट रु ७ कराेड ३४ लाख ५० हजारको योजना कटौती गरेको छ । नगर सभाले योजनाको ७ कराेड ३४ लाख ५० हजारको योजना कटौती गरेको हो ।
चौधौ नगर सभामा उपप्रमुख फुल कुमारी थनेतद्धारा प्रस्तुत संशोधन प्रस्तावबाट उक्त योजना काटौती गरीएको हो । साथै नगर सभाले आर्थिक ऐन, २०८० को पहिलो संशोधन प्रस्तावबाट निजी संस्थागत निर्माणकर्ताहरुले नगरपालिकामा दर्ता हुदाँ ५०००।– र व्यक्तिगत दर्ता हुदाँ रु ३५ सय कायम गरेको छ भने निजी निर्माणकर्ताहरुले नगरपालिकाले तोकेको भवन निर्माण मापदण्ड विपरित कार्य गरेमा रु १५ हजार जरिवाना तोक्ने निर्णयसमेतगरेको छ ।
नगर सभामा बोल्दै नगर प्रमुख बिष्णु प्रसाद भुसालले प्रदेश र केन्द्रबाट प्राप्त हुने रकम प्राप्त हुन नसक्दा बजेट कटौती गर्न परेको बताए । साथै उहाँले श्रममा आधारित कार्यक्रम संचालन गर्न एडिभिबाट रु १५ करोड रकम ल्याउन लागिएको बताए । नगर प्रमुख भुसालले शाखागत रुपमा हालसम्मको प्रगति विवरण आउन नसक्दा नगरपालिकाले विकाश लिन नसकेको बताउदै आगामी दिनमा पालिकाको शाखाहरुबाट प्राप्त प्रगति विवरणलाई आत्मसाथ गर्दै बजेट निर्माण तथा कार्यन्वयन गर्ने बताए ।
यसै गरी देबचुली नगरपालिकाले पनि २ करोड भन्दा बढी बजेट कटौती गर्दै नगर सभा सम्पन्न गरेको छ ।























