देश

परासी बजारलाई ग्रीनसिटी बनाउन बृक्षा रोपण

जगत ठाडा मगर
२०७८ जेष्ठ २२ | मध्यान्ह १२:०२ बजे

ज्ञानेश्वर सहानी
परासी, २२ जेठ । बिश्व वातावरण दिवस २०७८ को दिवस पारी नवलपरासीको परासी बजारमा बृक्षा रोपण गरिएको छ। रामग्राम नगरपालिका र डिभिजन बन कार्यालयको संयुक्त सहकार्यमा परासीको बुद्धचोक देखि निलोगेट सम्म निर्मित फोरलेन बाटोको बीच डिभाइडरमा बृक्षा रोपण गरिएको हो।

रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यतामा उक्त डिभाइडरमा ७६ वटा विभिन्न प्रजातीका फुल बिरुवाहरु रोपण गरिएको हो।

photo 2021 06 05 12 42 29 1

रामग्राम नगरपालिकाले परासी बजारलाइ ग्रीन सिटि बनाउने नीति अनुसार आज बिश्व वातावरण दिवसको अवसर पारी परासी बजारको मुख सडकको बीच डिभाइडरमा रङ्गबिरङको फुल बिरुवा रोपण कार्य शुरु गरिएको र सो सडकको दुबै साइडमा केहिदिनमै थप फुल बिरुवाहरु रोपि सडकलाई हराभरा बनाइने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो।

नगर प्रमुख गुप्ताले झरही खोलादेखी मन्झरिया चोकसम्मको सडक, परासी बजार र पोखरापाली लगायतको निर्माणाधीन सडकहरुको कामलाई छिटो सम्पन्न गर्न सम्बन्धित ठेक्दार कम्पनीलाई निर्देश दिदै सम्पन्न हुने ती सडकहरुमा पनि फुलबिरुवा रोपण गरि परासी बजारलाइ ग्रीन सिटि बनाइने पालिकाको योजना रहेको बताउनु भयो।

photo 2021 06 05 12 42 32 1

परासी बजारको सबै सडकहरु निर्माण भै सकेपछि सडको डिभाइडर र सडको दुबै साइडमा फुलबिरुवा रोपी बजारलाइ सुनदरिकरण गर्ने र बजारलाइ बुद्धको नगरीको रुपमा चिनाउन मुख्य मुख्य चोकमा बुद्धको मुर्ति समेत स्थापना गर्ने नगरपालिकाले नीति लिएको नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो।

बजारको बुद्धचोक देखि निलो गेटसम्मको फोरलेन बाटी पीच भै डेकोरेशनको कार्य हुँदै छ भने मन्झरीया चोकदेखी झरीखोलासम्मको बाटो निर्माणाधिन अवस्थामा रहेको छ। यता बाइपासदेखी महेसपुरचोक सम्म पनि फिरलेन बाटो पीच भै र्यालिङ र पेटीको कार्य भैरहेको र महेसपुर चोकमा सुन्दर बुद्ध्त्व झल्किने घन्टा घर पनि निर्माण भै रहेको छ। यो सबै कार्य सम्पन्न भएपछि परासी बजारको सुन्दरता झल्किने र स्वच्छ वातावरण हुने नगरपालिकाले बिश्वास लिएको छ।

photo 2021 06 05 12 42 30 1

कार्यक्रममा प्रमुख अतिथी समन्वय प्रमुख शिवशंकर रायले बिश्व वातावरण दिवसको शुभकामना दिदै बृक्षा रोपण गरि बजार लगायतका क्षेत्रहरुमा बढी भन्दा बढी बृक्षा रोपी सो क्षेत्रहरुलाइ हराभारा र स्वच्छ वातावरण बनाउन हामी सबैको सामाजिक दायित्व रहेको बताउनु भयो।

कार्यक्रममा बिशेष अतिथि समेत रहेको रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवर, अतिथि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, डिभिजन बन कार्यालय प्रमुख शंकर प्रसाद गुप्ता, वडा ५ का अध्यक्ष बिनोद कुवर लगायतले यस बृक्षा रोपणबाट बजार हराभरा र वातावरण पनि स्वच्छ हुने भएकोले यो बृक्षा रोपण कार्य राम्रो गरिएको र रोपण गरिएको फुलबिरुवाहरुलाइ संरक्षण गर्न पनि त्यतिकै आवश्यक रहेको बताए।

बृक्षा रोपणका लागि फुलबिरुवाहरु डिभिजन बन कार्यालयले उप्लब्ध गराएको थियो। बृक्षा रोपण कार्यक्रममा प्रहरी उपरीक्षक अजय केसी, शसस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी, रामग्राम नगरपालिका वडा ३ का कार्यबाहक अध्यक्ष सुरज पाण्डे, उपभोक्ता हकहित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, रोटरी क्लब नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्य लगायतको उपस्थिति रहेको थियो।

कमेन्टहरु