समाचार

नगर प्रमुखको कार्यशैलीमा असुन्टुष्टले वडा अध्यक्षद्वारा कार्यालयमा तालाबन्दी

दिपेश कुमार शाह
२०८० पुस २३ | मध्यान्ह ०८:०९ बजे

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुखको कार्यशैलीमा असुन्टुष्ट जनाउदै वडा अध्यक्षद्वारा कार्यालयमा तालाबन्दी गरेका छन । वडाध्यक्षहरूको माग ११ प्रकार रहेको थियो नगर प्रमुखले माग स्विकार गरेर पछि अहिलेसम्म पुरा गरेको छ्न । हालसम्म तिर्नुपर्ने सम्पूर्ण बक्यौता बिजुली बिलको रकम सुनिश्चित गरी तिर्नु पर्ने गर्ने । नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खट्दै आएको कर्मचारी, डोर र करार सबैको बाँकी तलब भुक्तान गरी कर्मचारी कार्यप्रति छलफल गर्ने कार्यपालिकाले माग गरेका कर्मचारी विवरण इन्धन खर्च विवरण, दवा खरिद विवरण तथा प्रक्रिया सो कार्यहरूमा भुक्तानी गरिएको सम्पूर्ण रकमको विवरण कार्यपालिकामा पेश गरी सार्वजनिक गर्नुपर्ने विगतमा कठरिया नगरपालिका भित्र ह्यान्ड पाइप जडानमा छुट्याइएको रकमको कहाँ जडान भएको हो भनी कार्यपालिका बोर्डमा जानकारी गराउनुपर्ने थियो।

कटहरिया नगरपालिकाले विद्युत पोल तथा तारजडानको लागि छुट्याइएको रकम विद्युत अफिसमा हालसम्म जम्मा नभएको र सो रकम जम्मा गर्नुपर्ने हालसम्म यस कटहरीया नगरपालिका भित्र करारका कति कर्मचारी, डोड हजारीमा कति कर्मचारी रहेको छ, त्यसको सम्पूर्ण नाम ठेगाना सहित उपलब्ध गराउने साथै कुन कर्मचारीको मासिक तलब कति हो भने जानकारी कार्यपालिकामा सार्वजनिक गर्नुपर्ने पर्छ भने नगर प्रमुख जैसवाल आउन सकेन ।

सोमबार नगर कार्यपालिकाको बैठकको माग गर्दै नगर उप प्रमुख रिता यादव वडाहरु, भुपेन्द्र महतो कोईरी चन्दन कुशवाहा, सर्फलाल गुप्ता, सहिद मिया र कार्यापालिका सदस्य जामुन ठाकुरले तालाबन्दी गरेका छन ।

कमेन्टहरु