देश

भारतले चलाएको देशमा भारतीय मन्त्री बन्नु ठूलो होइन, बनिन भारतीय चेली मन्त्री

नवलपुर टुडे
२०७८ जेष्ठ २२ | बिहान ०९:०२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरे । ओलीले एमालेका दुई र जनता समाजवादी पार्टी (जसपा) का ७ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे ।

जसपाबाट मन्त्री हुनेमा चन्दा चौधरी एक हुन् । पूर्वराजपाकी महासचिव समेत रहेकी चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी छन् । श्रोतका अनुसार चौधरी नेपालस्थित भारतीय दूतावासको कोटामा मन्त्री नियुक्त भएकी हुन् ।

नेपालीसँग विवाह गरेकी भारतीय चेली चौधरी अंगीकृत नागरिकता बाहक हुन् । यद्यपि नेपालको संविधानले अंगीकृतलाई मन्त्री बन्न रोकेको छैन । एक समय एमाले सांसद गंगा चौधरी सत्गौवाले चन्दा चौधरीलाई लक्षित गर्दै ‘नेपालको संसदमा भारतीय चेलीको दादागिरी’ चलेको अभिव्यक्ति दिएकी थिइन् ।

उक्त अभिव्यक्तिको प्रतिवाद गर्दै चन्दाले संसदमा नियमापत्ति गरिन् र रेकर्डबाट उक्त शब्द हटाउन सभामुख अग्नि सापकोटासँग माग गरिन् । चन्दाले संसदमा हिन्दीमा सम्बोधन गरेको विषयमा गंगाले आपत्ति जनाएकी थिइन् ।

नेपालको संसदमा हिन्दी बोल्ने परम्परा २०४८ सालको संसददेखि नै चल्दै आएको प्रष्टीकरण चन्दाको थियो । उनले धेरै नेपालीले भारतीय चेलीसँग विवाह गरेको भन्दै आफू भारतमा जन्मिएको तर, हाल नेपाली भएको बताइन् ।

कमेन्टहरु