श्री नेपाल स्काउट निमावि ईटियाहीका १३४ जना विद्यार्थीलाई स्विटर र जुत्ता वितरण


वीरगंज, पुस २३ । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ईटियाहीमा अध्ययनरत विद्यार्थीहरुलाई आईतबार एक कार्जक्रमका बिच न्यानो कपडा र जुत्ता वितरण गरिएको छ ।
४१ क्लब नेपाल (४१ क्लब नं. ३) को सहयोगमा सो विद्यालयमा अध्ययनरत १३४ जना विद्यार्थीहरुलाई स्कूल ड्रेस स्विटर र जुत्ता वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश कुचार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी संस्थाका मनोज दास र सतिस अग्रवाल, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया लगायतले विद्यार्थीहरुलाई सो सामग्रीहरु वितरण गरेका थिए ।
सो अवसरमा व्यवस्थापन समितिका सदस्यहरु पारस बैठा, शिवशंकर साह गोढ, उमा देवी, सबिता देवी, मिना देवी, शिक्षकहरु राकेश चौरसिया, कमलेश चौरसिया, ललन पाण्डेय, गिता बैठा, विद्यालयका कर्मचारी, अभिभावक, स्थानीय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।























