निर्वाचन

राष्ट्रियसभा निर्वाचन : एमालेले टुंगो लगायो १९ जना उम्मेदवारको नाम (नामावलीसहित)

जगत ठाडा मगर
२०८० पुस २२ | मध्यान्ह ०४:०९ बजे

काठमाडौँ, पुस २२ । नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका लागि १९ जना उमेदवारको नाम टुंगो लगाएको छ । माघ ११ गते हुने निर्वाचनका लागि सबै उम्मेदवारको नाम टुंगो लगाएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा) र अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) रहेका छन् । 

त्यस्तै बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसङ्ख्यकबाट विवेक देवकोटा (काठमाडौँ) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ)लाई उम्मेदवार बनाएको छ । 

गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता/अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाएको छ भने लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)लाई उम्मेदवार बनाएको छ । 

यस्तै कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) लाई उम्मेदवार बनाइएको छ । त्यसैगरी सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसङ्ख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई उम्मेदवार बनाइएको छ ।

410730274_400102259030939_2289711089873549851_n

कमेन्टहरु