म्याग्दीमा ढुंगाको छपनी प्रहार गरि ७० वर्षीया वृद्धाको हत्या, दुई जना गम्भीर घाइते

जगत ठाडा मगर
२०८० पुस २१ | मध्यान्ह ०४:०९ बजे

बेनी, पुस २१ । म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा ढुंगाको छपनी प्रहार गरेर एक वृद्धाको हत्या भएको छ । छप्पनी प्रहार गरेर मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मनिषाका ७ वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली रहेका छन् । मनिषालाई छप्पनी प्रहार भएको देखेर बचाउन जाँदा उनीहरूलाई चिर्पत प्रहार गरेर घाइते बनाइएको हो ।
घाइते दुई जनालाई उपचारका लागि दरवाङबाट हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । प्रियंकाको अवस्था गम्भीर रहेको छ । एक जनालाई शंका लागेर नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।























